रवि लामिछानेको नागरिकता विवादमा निवेदकतर्फबाट बहस समाप्त

काठमाडौँ । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा निवेदकको तर्फबाट चिया ब्रेकअघि ५ जना अधिवक्ताले बहस गरिसकेका छन् । अधिवक्ताहरु रविराज बसौला, रमन कर्ण, डा. सुरेन्द्र भण्डारी, अमृत खरेल, नीतिका ढुंगानाको बहस सकिएको छ ।

इजलास बस्नुअघि भएको सहमति अनुसार नै निवेदक र रवि लामिछानेको तर्फबाट डेढ–डेढ घण्टाको बहस गर्ने सहमति भएपछि सोहीअनुसार बहस सकिएको हो । पहिलो डेढ घण्टामा निवेदककोतर्फबाट ५ जना अधिवक्ताले बहस गरिसकेका छन् ।

रविको विषयमा अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिक ऐनअनुसार नागरिकता पुनः प्राप्तिमा राज्यले निर्णय लिनुपर्नेमा जोड दिएका छन् । ‘राज्यको सहमति र स्वीकृति बिना नागरिकता पुनः प्राप्ति गर्न नसक्ने भएकाले । राज्यबाहेक अन्यत्रबाट नागरिकता जारी हुन नसक्ने समेत उनको जिकिर छ । रवि लमछिानेको व्यक्तिगत निर्णयले नागरिकता सक्रिय त हुने स्पष्ट गर्दै उजले भने , ‘पुनः प्राप्ति हुँदा पनि जारी नै हुनुपर्छ । रवि लामिछानेको रगत नेपाली होला तर सरकारी अधिकारीकहाँ गएर सहीछाप अनिर्वाय रहेको उनले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *