गृह मन्त्रालय नछोड्ने माओवादीको ‘बटमलाइन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय छोड्ने ‘बटमलाइन’ बनाएको छ । पटक–पटक बसेको माओवादी केन्द्रको बैठकपछि कुनै पनि हालतमा गृहमन्त्रालय अरुलाई दिन नहुने र स्वत माओवादीको पकेटमै हु्नुपर्ने निष्कर्षमा पुगेको छ ।

विगतमा सरकारको नेतृत्व गर्ने पार्टीले गृह, अर्थ, परराष्ट्र र कानुनजस्ता मन्त्रालय लिदैँ आएपनि सत्ता समीकरण मिलाउँदा प्रचण्ड नेतृत्वको सरकारले तीमध्ये कुनै पनि मन्त्रालय पाएको छैन ।

आज (बुधबार) बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा गृह मन्त्रालयका बारेमा छलफल भएको छ । तर ओलीलाइृ जवाफ दिदैँ प्रचण्डले वर्तमान सरकार गठन गर्दा लिएको उद्देश्य र यसले अघि सारेका कार्यभार पुरा गर्न पनि गृह मन्त्रालय सरकारकै नेतृत्व गर्ने दलले लिदाँ सहज हुने समेत बताएका छन् ।
यी दुई शिर्श नेताको छलफलका क्रम्मा रास्पालाई गृहको साटो अरु कुनै मन्त्रालय दिने तर ठोस निर्णमा पुग्न सत्तागठबन्धको बैठक आवश्यक रहेको समेत प्रण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफुँलाई आइरहेको दवाब समेत केपी ओलीलाई सुनाएका छन् ।
माओवादी स्थायी र पदाधिकारी बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय कुनै हालतमा छोड्न नहुने सुझाव दिएको प्रचण्डले सार्वजनिका गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *