टर्की भूकम्प अपडेट : पाँच हजार बढीको मृत्यु, २० हजार घाइते

काठमाडौं । टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । हिजो (सोमबार) सिरियाको सीमा नजिकै टर्कीमा ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प भएको थियो ।

उक्त भूकम्पमा परी टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यस्तै २० हजार भन्दा धेरै घाइते भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख प्रत्यक्ष पीडित बनेका बताएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् । मान्छे खोज्ने कुकुर विशेष उपकरणसहित पुगेका उनीहरूले उद्दार गरिरहेका छन् ।

अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अस्ट्रेलिया, न्युजिल्यान्ड, ग्रीस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।

अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्धार र राहतमा कठिनाइ भइरहेको अन्तिराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्न सक्ने बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *