स्कटल्यान्ड ४८.४ ओभरमा अल आउट, नामिबियालाई २२२ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रनको योगफल तयार गर्‍यो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डका लागि क्रिस्टोफर म्याक ब्राइडले ७५ बलमा सात चौकासहित सर्वाधिक ४७ रनको योगदान गर्दा कप्तान रिची बेरिङ्टनले ३२ रन जोडे। यस्तै, टोमस म्याकिन्टोसले ३४, माइकल लिस्कले २९ तथा लियाम नेलरले २० रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नामिबियाका लागि रुबेन ट्रम्पेल्म्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक पाँच विकेट लिँदा टाङ्गेनी लुङ्गामेनीले दुई विकेट लिए। बर्नार्ड स्कोल्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले नामिबियाका एक–एक ब्याटरलाई घर फर्काएका थिए।

पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग नै पराजित भएको नामिबिया यो शृंखलामा जितविहीन छ। नेपालसँग पराजित भएको स्कटल्यान्ड दोस्रो जितको खोजीमा छ। शृंखलाको अन्तिम खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड भिड्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *