कांग्रेस नेतालाई राष्ट्रपतिको वचन, पुरानै गठबन्धन बन्ने पक्का

काठमाडौं । वर्तमान नेपालको राजनीतिमा राष्ट्रपतिको विषयले चर्चा पाएको छ । विगत केही दिन अघि देखि राष्ट्रपतिका विषयमा विभिन्न राजनीतिक विश्लेषहहरुले पनि फरक –फरक मत दिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका आधारमा पूर्ण रुपमा सहयोग गर्ने बचन दिएपछि अहिले नेपालको राजनैतिमा (समर) सिजनको सुरुवात भएको जस्तो देखिन्छ । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र ,नेकपा एमाले र एकिकृत समाजवादीका नेताहरु हातमा टोपी लिएर पसिना पुच्छै एकअर्काको कुरा सुन्न र सुनाउनमा व्यस्त छन् । तर प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बलुवाटार पुगेका थिए ।

कांग्रेस र माओवादीबीच संस्थागत रुपमा छलफल गर्ने योजना भएकाले माओवादी केन्द्रका शिर्श नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा र शक्ति बस्नेत पनि बैठकमा आउने भनिएकोमा प्रचण्ड मात्र सहभागी भएका थ्रिए । सो बैठकमा भावि राजनैतिक अवस्थाका वारेमा र आगामी राष्ट्रपतिका वारेका छलफल भएको विश्लेण नेकपा माओवादी केन्द्र स्रोतले बताएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई नै दिने सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सो कुरा स्पष्ट पारेको स्रोतले जनाएको छ ।

१० पुसमा गठबन्धन टुट्नु कमजोरी भएको कांग्रेस नेताहरुले स्वीकार गर्दै अब आगमी दिनमा यस्तो गल्ति नदो¥याउने बताएका थिए । अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा प्रतिवद्धता अगाडी बढ्ने कुरा बैठकबाट नै सार्वजनिक भएपछि अब बिगतमा भएको सहमतिका आधारमा पुरानै गठबन्धनको मेल हुने भएको छ । कांग्रेसका एक नेताका अनुसार अबका दिनमा विगतमा भए जस्ता कम्जोरीहरु आउन नदिन सबैसंग सहकार्य र छलफलमा केन्द्रि हुने भएको छ ।

प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भएको वान टु वान सम्वादमा सुरुका तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने मोटामाटी समझदारी भएको छ ।

एमाले अध्यक्ष केपी शर्माले चाल्नसक्ने कदमबारे समेत आइतवार सांझ बसेको बैठकमा छलफल भएको छ । उक्त छलफलमा प्रचण्डको विश्लेषण अनुसार ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्नसक्ने तर माधव नेपाल स्वयं ओलीतिर जाने पक्षमा नरहेको उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई भने ओलीले आफूसँग राखेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग तत्काल सम्वाद गरेर जानुपर्नेमा सहमत देखिएको ती नेताहरुको बुझाइ रहेको छ ।

माओवादी, कांग्रेस र जनता समाजवादी पार्टीबीच तत्काल छलफल गर्ने तयारी रहेकाले कांग्रेस नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टै छलफल गरेपछि चार दलको बैठक बस्ने भन्दै कांग्रेसका एक नेताले भने, ‘पुरानो गठबन्धन व्यूँतिने पक्कापक्की छ । यसो हुनुमा माओवादी केन्द्रभित्रबाट प्रचण्डको मुख्य हात रहेको छ ।

यस विषयमा अब लामो समय छलपलमा समय नविताइकन निर्णयतिर जानु राम्रो हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री पचण्डले यस्तो बताएपछि आज (सोमबार) का लागि माओवादी केन्द्रको बैठक छ ।
आजको बैठकमा प्रचण्डले एमाले र कांग्रेस नेताहरुसँग भएको सम्वादबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयमा भने आसंका पैदा हुने भएको छ । माओवादीमा एमालेसहितको गठबन्धन जोगाउनुपर्ने भएकाले यस्तो अवस्था सिर्जना हुने स्रोतले जनाएको छ ।

राष्ट्रपतिको रुपमा डा. बाबुराम भट्टराईलाई अघि सार्नुपर्ने मत केही नेताहरुको रहेको छ भने एमालेले समेत स्वीकार गर्ने वामपन्थी पृष्ठभूमि भएका व्यक्तिलाई अघि सारेर भएपनि वाम गठबन्धन जोगाउनुपर्ने मत अर्का थरीका नेताहरुको मत रहेको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आइतबार साँझ भएको छलफलमा सरकार कसले कति वर्ष चलाउने भनेर कुनै समझदारी नभएपनि विगतमा प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भएको वान टु वान सम्वादमा यसबारे छलफल भएको छ । सुरुका तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । तर यस विषयमा पछिल्लो समय कांग्रेस नेताहरुले पाँच वर्ष नै सरकारको नेतृत्व प्रचण्डलाई दिन पनि तयार रहेको समाचार सार्वजनिक गदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *