प्रभु लाईफका एमडिआरटी विजेता सम्मानित


काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा फागुन १० देखि १२ गतेसम्म सञ्चालन भएको ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरोमनी’ मा कम्पनीबाट एमडिआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मानित गरेको छ । एमडिआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरोमनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सबैको मिहेनतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए । उनका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाइ आगामी दिनहरुमा पनि अझ उचाइमा पुग्ने विश्वास एवं प्रण व्यक्त गरे । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको सहभागीता थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *