आइएमई पे र कनकाई नगरपालिकाबीच समझदारी


काठमाडौं । आइएमई पे र झापाको कनकाई नगरपालिकाबीच भुक्तानी समझदारी भएको छ । नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिने डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्धन गर्ने गरी आईएमई पे सँग समझदारी भएको हो । समझदारीअनुसार नगरपालिकाले सबै सेवाग्राहीलाई करदाता परिचयपत्र वितरण गर्नेछ । साथै, सबै करदातालाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि सहयोग गर्ने आइएमई पे ले जनाएको छ । नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेलका अनुसार कार्यक्रममा आईएमई पे ले भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *