घरको जग खन्ने क्रममा पुरिएर एकजना मजदुर घाइते, अवस्था गम्भीर

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन् ।

सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई एक्कासि छिमेकी रामप्रसाद ओलीको घरको उत्तरतर्फको १५ फिट लम्बाई र १५ फिट उचाई भएको ढुङगा र ईट्टाको पर्खाल लड्दा पुरेको थियो।

घाइतेको उपचारको लागि नागरीक अस्पताल लगेको र उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *