राष्ट्रपतिलाई मत दिने छलफलका लागि रास्वपाको बैठक सोमबार बस्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।रास्वपा नेता दीपक बोहराका अनुसार राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफलका लागि सोमबारलाई बैठक बोलाइएकोह हो ।

रास्पाले यसबारे अहिलेसम्म कुनै छलफल भने गरेको छैन् । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।

कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने जवाफ दिएका थिए । राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा रास्वपालाई बोलाइएको थिएन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *