ए डिभिजन लिग आजबाट


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ आज शुक्रबारबाट सुरु हुँदैछ । आज हुने पहिलो खेलमा एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे खेल्नेछ । लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ । लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *