ग्लोबल आईएमईको डिजिटल होली योजना सार्वजनिक


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजना २२ र २३ फागुनमा ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले ‘जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदमा १५ प्रतिशत १५० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *