रेमिटलीबाट पठाएको पैसा सिधै आईएमई पे वालेटमा


काठमाडौं । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गर्न सक्ने भएका छन् । यो सुविधाले ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको हो । ‘आइएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन २०७५ बमोजिम आईएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *