रामचन्द्र पौडेललाई राष्टपति बनाउनमा प्रचण्डको मुख्य हात

काठमाडौं । रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गर्न प्रधानमन्त्री प्रचण्डको मुख्य हात रहेको छ । प्रधानमन्त्री प्रचण्डले गत पुस १० गते नेकपा एमालेसंग भएको सहमतिलाई पछिल्लो पटक देशमा राष्ट्रि«य सहमतिको आवश्यकता रहेको बताउँदै नयाँ आठ दलिय गठबन्धन कायम गरेर नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेलाई राष्ट्रपतिको उमेदवारमा मनोनीत गरेका थिए ।
आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलाई साझा उम्मेदवारका रुपमा उठाएको थियो ।

नेपाली कांग्रेसका साझा उमेदवार पौडेललाई निर्वाचनमा विजय गराउन कै लागि बेला बेला आठदलीय गठबन्धनसंग छलफलमा जुटेका थिए प्रधानमन्त्री प्रचण्ड ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले साझा उमेदवार विजय गराउने पक्षमा अवरात खटेर लाग्न प्रधानमन्त्री प्रचण्डले सहयोगी भूमिका निर्वाह गरेका थिए ।

आठदलिय गठबन्धनगठन भएलगतै नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेका थिए । दलहरुबीच भएको असन्तुष्टिका बाबजुत पनि प्रधानमन्त्री प्रचण्डले कांग्रेसका साझा उमेदवारलाई विजय गराउने पक्षमा नै जुटीरहे त्यसैले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित बन्न पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *