एनआईसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ्ग सेवा


काठमाण्डौ । एनआईसी एशिया बैंकले भाइबर बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकका अनुसार यसबाट बैंकको हरेक सेवाका बारेमा घरमै बसेर थाहा पाउन र सेवा लिन सकिनेछ । भाइबर बैंकिङ्ग सेवा लिन आफ्नो मोबाइलको भाइबरमा एन आई सी एशिया बैंकको भाइबर सेवामा जोडिनुपर्ने बैंकले जनाएको छ । बैंकको अनुसार यस सेवाबाट बैंकका अधिकांस सेवाका साथै आफ्नो अकाउन्टको बारेमा जानकारी लिन र मिनी बैंक स्टेटमेन्ट निकाल्न समेत सकिने छ । त्यस्तै, यस सेवाबाट खातासँग सम्बन्धित विभिन्न सेवाहरु रजिष्ट्रर गर्नुको साथै बैंकका शाखाहरु र एटीएमहरु कहाँ कहाँ छन् भनेर लिष्ट हेर्न सकिनेछ । बैंक शाखा तथा एक्सटेन्डेड शाखाहरुले दिने सेवा समयको बारेमा पनि यहाँबाट थाहा पाउन सकिने बैंकले जनाएको छ ।

बैंकले समय समयमा दिने विभिन्न सूचनाहरु र त्यत्तिमात्र नभएर विदेशी मुद्राको विनिमय दर, बैंकका विभिन्न प्रोडक्टहरुका बारेमा पनि यहाँबाट जानकारी लिन सकिनेछ । बैंकका चालू स्किमहरु र विभिन्न प्रमोसनहरु पनि भाइबर बैंकिङ्गमा उपलब्ध रहेको बैंकले जनाएको छ । एनआईसी एशिया बैंकको भाइबर सेवा लिन ग्राहकले बैंकको मोबाइल एप मोबैंक प्रयोग गरेको हुनुपर्छ । मोबाइल एपमा प्रयोग भएको नम्बर नै भाइबर सेवामा प्रयोग गरेर भाइबर सेवा सुरु गरेपछि बैंकको भाइबर बैंकिङ्ग सेवा लिन दर्ता प्रकृया पुरा गर्नुपर्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *