राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषका बीचमा सम्झौता भएको छ । बैंक र कोषबीच बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिई डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिन सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सम्झौता भएको बैंकले जनाएको छ । कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यसअघि देखि कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सिजिएस कम्पयुटराइजड गभरमेन्ट अकाउन्टिङ सिस्टम प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *