ए डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित


काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा खुमलटार यूथ क्लबलाई हराउँदै थ्री स्टार क्लबले पहिलो जित निकालेको छ । ललितपुरस्थित एन्फाको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार यूथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो । थ्री स्टारको जित अजयी मार्टिन्सले नै दुई गोल गरेका हुन् । पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेलेपनि स्कोर गर्न भने असफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको थ्रीस्टारका लागि ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए । यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ । यसै सिजन बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।
लिगमा शनिबार तीन खेल हुनेछन् । दिनको पहिलो खेल च्यासल मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब, दोस्रो खेल दशरथ रंगशालामा एपिएफ क्लब र जावलाखेल यूथ क्लब तथा अन्तिम खेल साँझ दशरथ रंगशालामा नै फ्रेन्ड्स र सातदोबाटो यूथ क्लबबीच हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *