सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक


काठमाडौं । नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गर्दै दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो । नयाँ संस्करणको ग्राण्ड भिटारामा अरु गाडी भन्दा फरक बाहिरी डिजाइन देख्न पाइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस गाडीमा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फूल आइबर्ड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु उपलब्ध छन् । नयाँ ब्रेजामा भएको हाई टेक सुविधाहरू नेपाली सडकको लागि उपयुक्त हुने कम्पनीको बताउँछ । एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरीले बताए । ‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ, हाम्रो सडकमा ड्राइभिङ गर्न योग्य एसयूभी उचित हुन्छ, ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन्, यसमा सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटोमोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेम चेन्जर हुनेछ ।
नयाँ ग्रान्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ । १४६२ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्रान्ड भिटारामा २,६०० एमएम ह्विलबेस र १७ इन्चको टायर रहेको छ । हाइब्रिड यो गाडीमाः विद्युतीय मोटर र पेट्रोल इन्जिन जडान भएको छ । गाडीमा फरक बाटोको लागि फरक–फरक ड्राइभ मोडहरू जस्तै इभी, इको, पावर र नर्मल छन् । राम्रो माइलेज २७.९७ कि.मि.लिटर यस गाडीले २१.११ किलोमिटर प्रतिघण्टासम्म उत्कृष्ट माइलेज दिन्छ । २५०० मिलिमिटर अग्लो ब्रेजा गाडीको अधिकतम पावर ७५.८ किलोवाट र ६००० आरएमपी रहेको छ । साथै यसमा ४८ लिटर इन्धन अट्न सक्ने टयाङ्की रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *