मुक्तिनाथ विकासले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना


काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक पर्ने ग्राहकले बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आवहान बैंकले गरेको छ । बैंकका अनुसार यस योजना अन्तर्गत २ करोड रुपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा पाउन सकिने छ । कर्जा लिनका लागि आवश्यक कागजातहरु पुरा गरेको तीन दिन भित्रै सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *