कांग्रेसले उपराष्ट्रपतिमा यादवलाई मत दिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारलाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भई कार्यभारसमेत सम्हालिसकेका छन् । पौडेलले कांग्रेसको सम्पूर्ण जिम्मेवारीका साथै सांसद पदबाट पनि राजीनामा दिएका छन् । कांग्रेस बैठकमा पार्टीले राजनीतिक कोर्ष करेक्सन गर्न सफल भएको विषयमा समेत नेताहरूले छलफल गरेका थिए ।

कांग्रेस बैठकले उपराष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्न संघीय र प्रदेश सांसदहरुलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता महतले बताए। यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् ।

यस्तै, बैठकले ६ दशकदेखि पार्टीमा रहेर राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर योगदान पुर्‍याएका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *