स्ववियु निर्वाचन : २८ क्याम्पसमा निर्विरोध जितेको नेविसंघको दावी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरेका २८ वटा क्याम्पसमा स्ववियु सभापति जितेको जनाएको छ ।

काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा ४१ वटा क्याम्पस छन् । तालाबन्दी भएकाबाहेकका अन्य क्यापसमा गठबन्धन गरेर अघि बढ्ने तयारी भएको नेविसंघ सचिवालयले जनाएको छ ।

उपत्यकाका सनराइज क्याम्पस, नेपाल (ल)क्यापस, विश्वभाषा क्यामपस, बाल्मीकि क्यापस, पुलचोक क्याम्पस, बानेश्वर क्यापसमा गठबन्धन गरेर अगाडि बढ्ने निणर्य भएको छ ।
यस्तै पाटन, नेपाल कर्मस, आयुर्वेद, आरआर क्याम्पस, विश्वभाषा क्यापसमा निर्वाचन स्थगित भएको छ । उपत्यकाको त्रिचन्द्र क्यामपसमा चैत्र ९ गते निर्वाचन हुने भएको छ । आइतबार देशभरका ५३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ ।
संगठनमा भएको विवादका कारण लामो समयपछि देशभर हुन लागेको निर्वाचन एकै समयमा हुन नसकेको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए
विद्यार्थी संगठनमा बढेको विवादका कारण एकै चरणमा निर्वाचन नहुँदा युवा नेतृत्वमा खोट लागेको उनको भनाइ छ । देशभरका ६२ वटा आंगिक क्यामपस छन् । तीमध्ये केही ठाउँमा संगठनबीच भएको विवादका कारण निर्वाचन अनिश्चित भएको छ भने कुनै ठाउँमा निर्वाचनका लागि फरक निर्वाचन कार्यतालिका तय हुँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *