उप–निर्वाचनमा भाग लिन आजदेखि दल दर्ता


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । उप–निर्वाचनमा सहभागी हुने दलले आजदेखि दल दर्ता गर्न सक्ने आयोगले जनाएको छ । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ जिल्ला निर्वाचन क्षेत्र र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि सार्वजनिक सूचना जारी गरेको थियो । आयोगका अनुसार चैत ८ गते देखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *