नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रौँराष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको जनसङ्ख्यामा असन्तुलन भएको बताएका छन् । आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको उनले बताए ।

देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको उनले बताए । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

कोरोना कारण ५ महिना ढिलो गरी जनगणना सम्पन्न भएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *