लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान लुम्बिनीमा बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

लुम्बिनीमा हाल एमाले नेतृत्वको सरकार छ । तर, केन्द्रमा नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले पनि मुख्यमन्त्रीको दाबी गरिरहेको छ ।

संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको सांसद तथा पूर्वमन्त्री दलबहादुर रानाले बताए । यस्तो बेला कांग्रेसले समेत आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि माओवादी थप दबाबमा परेको छ ।

यसअघिको गठबन्धनमा माओवादीले सरकारको नेतृत्व गरिसकेकाले प्रदेशको नेतृत्व स्वभाविकरूपमा कांग्रेसले पाउने कांग्रेस नेताहरु बताउँछन् । तर, माओवादीले आफ्नो आधार इलाका भएकाले पनि यहाँको नेतृत्व नछाड्नेगरी केन्द्रमा आफ्नो दाबी गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *