मुलुकमा पैसाको हाहाकार छ, धितो राखेर पनि बैंकबाट पैसा पाइने अवस्था छैन ः साह


काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा अध्यक्ष साहले मुलुक चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास व्यक्त गरे । साह मन्त्रीको दौडमा छन् । जनताले बैंकबाट ऋण लिन नपाउने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुने आशा आफूले गरेको उनको भनाइ छ । अहिले मुलुकमा पैसाको हाहाकार छ । किसान मारमा छन् । प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ । जनताले धितो राखेर पनि बैंकबाट पैसा पाइराखेको छैन । उत्पादनको लागि पैसा पाइराखेको छैन । पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो । अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको बताए । क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *