बुढौलि साहित्यिक समाज कार्यक्रम सम्पन्न


भक्तपुर। बुढौलि साहित्यिक समाज कार्यक्रम चाँगुनारायण गेलाल गाउँमा कविराज घिमिरे सभापतित्वमा सञ्चालन गरीएको थियो । उक्त कार्यक्रम ९१ वर्ष पुग्नु भएका गेलाल टोलकै जेष्ठ नागरिक सुर्यकान्त गेलालको जन्म दिनको अवसरमा एकमुखे रुद्राक्षको बिरुवा रोप्नु भएको थियो । उक्त कार्यक्रममा जेष्ठ नागरीकहरुवाट विभिन्न साहित्य रचनाहरु वाचन गर्नु भै उहाँको दिर्घायुको कामना गर्नु भएको थियो ।


हाम्रा सम्वाददाता बिश्वनाथ ढुङेगलका अनुसार उक्त कार्यक्रममा नेपाल सरकार शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल , हास्यव्यङग कलाकार चट्याङ माष्टर कृष्ण मुरारी गौतमको पनि उपस्थित रहेको थियो । उक्त अवसरमा ९१ वर्षिय सुर्यकान्त गेलालको छोरा टिकाराम गेलालले अब देखि प्रत्येक वर्ष बुढौलि समाज भक्तपुरलाइ अक्षय कोष स्वरुप रू ५०५५। पाँच हजार रुपैयां खडा गरी दिने र भू पू जिल्ला शिक्षा अधिकारी शङकर मानन्धरले पनि २०८० सालको आगमन सँगै रु १५०००। यस बुढौलि समाज भक्तपुरलाई दिने वचन व्यक्त गर्नु भयो ।

अन्त्यमा बुढौलि समाज भक्तपुरका सभापति कविरराज घिमिरेले दिर्घायूको कामना सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *