युनाइटेड अजोड इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता


काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । श्रोतका अनुसार दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात स्वाप रेसियो १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अर्थात अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२।.५ कित्ता सेयर पाउने छन् । दुई कम्पनी मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने छ । जसको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ बन्ने छन् भने सीईओको भने हालसम्म टुंगो लागि नसकेको श्रोतले बतायो । सम्भवतः युनाइटेडको तर्फबाट सीईओ हुने सम्भावना प्रवल रहेको बुझिन्छ । त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ ५ प्रतिशत बोनसपछि पुगेको छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ । अन्तिम सहमति पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीले अब करिब डेढ महिनाभित्रमा एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । ‘सबै काम समयमै सकिएमा आगामी बैशाख अन्तिम साताभित्र एकीकृत कारोबार गर्छौं होला।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *