बालुुवाटारमा शेखर–गगन समूहको बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्री छनोटका लागि शेखर– गगन समुहको बैठक जारी छ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक जारी राखेको हो । बालुवाटारमा जारी बैठकमा तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहले तयारी गरेका छन् । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी भएकाले सो बैठक जारी राखेको स्रोतले जनाएको छ ।

चैत १७ मा मन्त्रिपरिषद् विस्तार भएपछि कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *