युवा संघको अध्यक्षमा क्षितिज थेवे, महासचिवमा सुमन पुरी

काठमाडौं । एमाले भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् । बाँकेको नेपालगञ्जमा जारी युवा संघको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । थेवे युवा संघका निवर्तमान महासचिव हुन् ।

उपाध्यक्षमा अमित लामा, पुष्पराज श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम र उपमहासचिवमा राजन थापा सर्वसम्मत चयन भएका छन् ।

सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोहविन आलम, अनिता काङ्देङवा, देवानन्द मेहता, बिसा चन्द, पर्वत भण्डारी, कुवेर अधिकारी चयन भए । आर्थिक विभाग प्रमुखको जिम्मेवारी राकेश राईलाई दिइएको छ ।

लेखा आयोगको प्रमुख सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रवीण बोगटी, अनुशासन आयोगको प्रमुख, उपप्रमुख र सचिवमा राकेश लामा, दीपेश खड्का र राजन नेपाली, निर्वाचन आयोगको प्रमुख, उपप्रमुख र सचिवमा बलराम बेलबासे, बाबु छतकुली र गोपाल नेपाली चयन भएका छन् । महाधिवेशनबाट २ सय ८३ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *