सिंहदरबार वा राजधानी काठमाडौंबाट अन्तै सार्न बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सिंहदरबार र देशको राजधानी अन्तै सार्न आग्रह गरेका छन् । संघीय सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै उनले सिंहदरबार अन्तै सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नभएको बताएका छन् ।

आइतबारदेखि सिंहदरबार र शीतल निवास क्षेत्रको फोहोर नउठाएर संघीय सरकारसँग पठेजौरी खेलेका बालेनले बिहीबार सामाजिक सञ्जालमार्फत अर्को चेतावनी दिएका हुन् । उनले काठमाडौंवासीलाई आफ्नो कला, सम्पदा, संस्कृती, सभ्यता चाहिएको, राजनीति होइन भन्दै संघीय सरकारलाई चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *