अर्थमन्त्रीद्वारा उर्जामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ऊर्जा सम्मेलनको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गर्दै यस्तो बताएका हुन् ।

मंगबार सुरु भएको उर्जा सम्मेलन बुधबार समापन भएको छ । सम्मेलनमा अर्थमन्त्री महतले भने, ‘९० को दशक अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’

उनले ऊर्जाको सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको बताए । अर्थमन्त्री महतले निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र नभई विदेशमा विद्युत निर्यात गर्न थालेको उल्लेख गर्दै भने, ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ । लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो भएको छ ।’

उनले विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरुसमेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै भने, ‘उनीहरु मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *