अर्थमन्त्रीले पौडेल ,पाण्डे ,भट्टलाई विज्ञका रुपमा नियुक्त


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् । अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो । डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पौडेल पराजित भएका थिए । डा. पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् । भट्ट राष्ट्र बैंकको प्रवक्ताको भूमिकामा समेत छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *