बेलायतका उपप्रधानमन्त्री डोमिनिकले दिए राजीनामा

काठमाडौँ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् । उनले ऋषि सुनक सरकारमा उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पद सम्हालिरहेका थिए । कर्मचारीले उनीमाथि ‘धम्की’को आरोप लगाएपछि छानबिन भइरहेको बेला उनले राजीनामा दिएको बिबिसीले जनाएको छ ।

यद्यपि, राबले आरोपहरू अस्वीकार गर्दै आएका छन् र कर्मचारीहरूसँगको व्यवहार ‘व्यावसायिक’ रहेको दाबी गर्दै आएका छन् ।

उनले राजीनामा पत्रको प्रतिलिपि ट्विटरमा पोस्ट गरेका छन् । उनले राजीनामामा आफूले छानबिनको नतिजा स्वीकार गर्न बाध्य रहेको बताएका छन् ।

मन्त्रीका रूपमा आफ्नो आचरणको बारेमा आठ औपचारिक उजुरीमा उनीमाथि छानबिन भइरहेको थियो ।

यसअघि विपक्षी दलले प्रधानमन्त्री ऋषि सुनकले उपप्रधानमन्त्रीको विषयमा निर्णय गर्न ढिलाइ गरेको आरोप लगाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *