थप १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार १ हजार ८ सय ८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेका छन् । पछिल्लो २४ घण्टामा ४६ जना संक्रमणमुक्त भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *