थप १३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३९०

काठमाडौं । नेपालमा थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १५९१ नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १,०१९ र एन्टिजेनबाट ५७२ नमुना परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा ६४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९० पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *