मेलम्चीको पानी काठमाडौंमा निरन्तर वितरण हुने व्यवस्था मिलाइयोस् : सांसद सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

उनले फेरि वर्षा हुनु हुन लागेकाले सो पानी वर्षा याममा पनि काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौंबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताए । नेता सिंहले काठमाडौंबासीले सधैं पानीको अभाव सहनु पर्ने अवस्थाको अन्त्य गर्न सरकार लागि पर्नुपर्ने समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *