अयोग्य लडाकूलाई २ लाख दिने निर्णयविरूद्ध प्रधानमन्त्रीको पुत्ला दहन


काठमाण्डौं । सरकारले अयोग्य लडाकूलाई २ २ लाख दिने निर्णयविरूद्ध नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा दुई लाख दिन गृह मन्त्रालयको कार्यविधि खारेजीको माग राख्दै पुत्ला दहन गरेको हो। त्यसक्रममा उनीहरूले लडाकूको नाममा अर्बौं घोटाला गर्न खोजेको भन्दै सरकारविरूद्ध नाराबाजी गरेका थिए।

अयोग्य लडाकूहरूको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको गर्ने चेतावनी युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। ‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बौं रकम खन्याउने, लडाकूको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौं घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ । लडाकूलाई रकम दिन ल्याइएको कार्यविधि खारेज नभएसम्म आफूहरूले प्रदर्शन गर्ने समेत चेतावनी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *