विश्वबैंकद्वारा नेपालको गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि १० करोड डलर ऋण स्वीकृत


काठमाडौं । विश्व बैंकको कार्यकारी सञ्चालक समितिले नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि १०० करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । कार्यक्रमले कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने, स्वास्थ्य बीमाको दायरा बढाउने, स्वास्थ्य आपतकालको तयारी र प्रतिकार्य गर्न स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धि गर्ने बताइएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद(जेर्भोसले स्वास्थ्यलाई प्राथमिकतामा राखी लगानी गरेर स्वास्थ्य प्रणलाी सुधार गर्नुको साथै उत्पादकत्व र आर्थिक वृद्धि गर्न सक्ने बताए । विश्व बैंकको अनुसार नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२।२०३० को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउन संघीय स्तरमा स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यक्रम सञ्चालन गर्नेछ । जसमा स्वास्थ्य प्रणालीको दक्षता र उत्तरदायित्व अभिवृद्धि, स्वास्थ्यमा दिगो वित्तपोषण र सामाजिक सुरक्षा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच समावेश छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *