सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३५ दिनभित्र दाबी भुक्तानी लिन बीमितलाई आग्रह


काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३५ दिनभित्र दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीबाट जारी बीमालेखमा दाबी भुक्तानी हुन बाँकी रहेकाहरुलाई ३५ दिने सूचना जारी गरेको हो। साबिकका सगरमाथा र लुम्बिनी इन्स्योरेन्सबाट जारी भएका बीमालेख अन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु लामो समयदेखि नबुझाई बसेका बीमितलाई सम्पर्कमा आउन सूचना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले बारम्बार ताकेता गर्दा पनि कतिपय बीमितले नबुझाएका कागजातहरु पछिल्लो सूचना जारी भएको ३५ दिनभित्र बुझाएर दाबी भूक्तानी लैजान भनिएको छ। तोकिएको समयसम्म माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दाबी फाइल बन्द भई तामेलीमा जाने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *