सिटिजन्स बैंकले घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि ५७ करोड पाउने


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि ४० लाख युरो पाउने भएको छ । बैंकले यसको लागि जर्मनस्थित के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरलएण्ड सेमी अर्बन एरियाज एमएसएमई फाइनान्स फेज’ अन्तर्गत यूरो ३५ लाख पुनरकर्जा र यूरो ५ लाख बराबरको प्रावधिक सहयोग पाउने छ । बैंकलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले सेडरा तीन प्रोजेक्टमा समझदारीको लागि नेपालमा संचालित बैंक तथा वित्तीय संस्था मध्येबाट चयन गरेको हो ।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा संचालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ । बैंकले उक्तशिर्षक अन्तर्गत हालसम्म २१ हजार ५ सय २६ व्यवसायलाई २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यसमध्ये दुई हजार ८ सय ८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यसका साथै, बैंकले सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हालसम्म पाँच हजार ४ सय ९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड कर्जा प्रवाह गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *