सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र र आर्मीले बराबरी, एपीएफसित हार्‍यो जावलाखेल


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबले बराबरी खेलेका छन् । ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मच्छिन्द्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको १७औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६०औँ मिनेटमा आर्मीका युद्द शाहीले आत्मघाती गोल गरेपछि मच्छिन्द्र हारबाट जोगिएको हो । बराबरीसँगै मच्छिन्द्र २२ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ । आर्मीले २२ खेलबाट ३० अंक जोडेको छ ।

शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई २–० ले हरायो । खेलको २३औँ मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा आवास लामिछानेले गोल थपेपछि एपीएफले सहज जित दर्ता गर्‍यो । जितसँगै एपीएफले २२ खेलबाट २९ अंक जोडेको छ । जावलाखेलको २२ खेलबाट ३४ अंक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *