नेपाल लाइफद्वारा दियो ६४ लाख २५ हजार दावी भुक्तानी


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको मृत्यु दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका छन् ।

आफ्नो जीवनकालमा स्व. नर बहादुर साउदले नेपाल लाइफको टीकापुर शाखा कार्यालयबाट २०७५।०५।१३ गते ५० लाखको बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । कम्पनीले बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र बोनस बापत १४ लाख २५ हजार गरी जम्मा ६४ हजार २५ लाख इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरेको हो । कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *