रहेनन् ‘महाभारत’का शकुनि


काठमाडौं । ‘महाभारत’ टेलिश्रृंखलामा शकुनिको भूमिका निभाएका गुफी पेन्टलको आज बिहान ९ बजे निधन भएको छ । केही दिनदेखि उनी मुटु र मृगौलाको रोगबाट पीडित थिए । गुफी सन् १९७५ मा ‘रफू चक्र’बाट बलिउडमा डेब्यु गरेका थिए । सन् १९८० मा उनले धेरै फिल्म र टिभी सिरियलमा काम गरे ।

तर, उनलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट मिलेको बीबीसीले जनाएको छ । शकुनिको भूमिका निर्वाह गर्नुबाहेक, गुफीले ‘महाभारत’का लागि कास्टिङ डाइरेक्टर र प्रोडक्सन डिजाइनरको रूपमा पनि काम गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *