भविष्य साकोसको दुई दिने उदघोषण सीप तालिम सम्पन्न


भक्तपुर । भविष्य वचत तथा ऋण सहकारि संस्थाले वार्षिकी कार्य योजना अनुसार दुई दिने उदघोषण सीप विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभाध्यक्ष भविष्य साकोसका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठले गर्नु भएको थियो । उक्त उदघोषण शिप विकास तालिममा १६ जनाले भाग लिनु भएको थियो भने प्रशिक्षार्थिमा ५ पाँच जना सहभागी हुनु हुन्थ्यो ।

कार्यक्रमका सभाध्यक्ष तेजवहादुर च्वामु श्रेष्ठ ,प्रमुख अतिथि राजकुमार कार्कि , अतिथि रगिता वस्नेत लगायतले कार्यक्रम उदघाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राजकुमार कार्किले यस कार्यक्रम सर्हानिय एवं उपलव्धि मुलक हुने वताउनु भयो । कार्यक्रम संयोजक भविष्य वचत तथा ऋण सहकारी संस्थाका सचिव विश्वनाथ ढुङगेलले विभिन्न किसिमका कविता गित वाचन गरी सवैलाई मनोरञ्जन दिई कार्यक्रम मनोरञ्जनात्मक शैलिले सञ्चालन भएको थियो । त्यसैगरि प्रशिक्षक शान्तिराम ओलि, सरस्वति घिमिरे, सुनिता केसि, संगिता पराजुलि, रुपादेवी सेडाई रहनु भएको थियो ।

त्यसैगरि प्रशिक्षकहरुवाट तालिमका विषयमा आ आफना धारणाहरु व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष गंगाराम श्रेष्ठ र ब्यवस्थापक लक्ष्मीपुष्पा भटराईको उपस्थिती रहेको थियो । अन्त्यमा यस कार्यक्रम सभाध्यक्षले यहांहरुवाट उदघोषण सीप विकास तालिम मा सरिक भई केही जान्ने मौका पाउनु भयो । उत्सुकता पुर्वक कार्यक्रम सञ्चालनमा भाग लिई सवैेले आफुले जानेको विषयमा पनि समीक्षा गरिदिनु भयो । सवैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *