त्रिभुवन विमानस्थल : जर्मन नागरिक करिब ७ किलो चरेससहित प्रहरीको नियन्त्रणमा

काठमाडौं । करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक सोमबार प्रहरीको नियन्त्रणमा परेका छन् ।

बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस रहेको थियो । पक्राउ पश्चात लगेजमा भएको लागूऔषध प्रहरी नियन्त्रणमा लिएको छ ।

पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका जर्मन नागरिकलाई अहिले लागूऔषध ब्युरोमा थप अनुसन्धानका लागि जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *