अनामनगरस्थित सार्वजनिक जग्गामा महानगरको डोजर चल्यो, हेर्नुहोस् (फोटोसहित)

काठमाडौँ । आज (सोमवार) काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा महानगरले डोजर चलाएको छ ।

काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोक नजिक मेगा स्कुलको छेउमा रहेको सार्वजनिक जग्गामा काठमाडौँँ महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको थियो । वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने स्थानियको धारण थियो । अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउनु पर्छ भन्ने धारणमा थिए ।

काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको जनाएको छ । अहिले महानगरपाकिलाले स्थानीयको बिरोधका बीच डोजर चलाइरहेको छ । स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको बिरोध गरिरहेका छन् । उनीहरुले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरुको भनाइ छ ।

स्थानीयहरुले वडा कार्यालय बाहेकका अन्य कुनैपनि संरचना बनाउन महानगरपालिकालाई आफूहरुको समर्थन रहने प्रतिवद्धता जनाएका छन् तर, वडा कार्यलाय भने बनाउन नहुने उनिहरुको धारण छ । महानगरपालिकाले भने स्थानीयहरुको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *