एप्पलले आव २०२५ सम्ममा १८ प्रतिशत आइफोन भारतमा बनाउने

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आर्थिक वर्ष (आव) सन् २०२५ सम्ममा विश्वभर हुने उत्पादनको झन्डै १८ प्रतिशत फोन भारतमा बनाउन सक्ने देखिएको छ । भारत सरकारले घरेलु स्तरमा मोबाइल फोनको उत्पादन बढाउन दिएको प्रोत्साहन योजनाका कारण उत्पादन बढ्ने भएको अनुमान चर्किएको छ ।

सरकारले आफ्ना पसलेहरूलाई बृहत् स्तरको प्रोत्साहन दियो भने कम्पनीले भारतमा उत्पादन थप बढाउने सम्भावना छ । भारतले आर्थिक वर्ष २०२६ सम्ममा घरेलु स्तरमा मोबाइल फोनको उत्पादन तेब्बर बनाएर १ खर्ब २६ अर्ब डलरमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । सो अवधिमा निर्यात पनि पाँच गुणा बढाएर ५५ अर्ब डलरमा पुर्याउन खोजेको छ ।

भारतको घरेलु विद्युतीय सामग्री बजारमा मोबाइल फोनको अनुमान २१ दशमलव ५ प्रतिशत छ । यसको माग वार्षिक १५ प्रतिशतका दरले बढिरहेको छ । आर्थिक वर्ष २०१७ यता फोनको उत्पादन र निर्यात क्रमशः ३ दशमलव ९ गुणा र ६५ गुणाले बढेको छ भने आयात एक तिहाइमा खुम्चिएको छ ।

सरकारले मोबाइल फोनको लागि भनेर ल्याएको पीएलआई योजना निकै हदसम्म सफल बनेको छ । आव २०२३ मा भारतले १ खर्ब ५८ अर्ब डलर बराबरको विद्युतीय सामानको खपत गरेको थियो । आव २०१७ देखि २३ को बीचमा खपत दर वार्षिक ११ प्रतिशतको चक्रिय दरले बढेको छ ।

अधिकांश माग आयातबाटै धानिएको थियो । आव २०२३ मा भारतको इलेक्ट्रोनिक्स आयात ७७ अर्ब डलर थियो । यो भारतको दोस्रो ठूलो आयात खर्च हो । यो भारतको व्यापार घाटाको २० प्रतिशत हाराहारी छ । एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *