कान्तिपुर हिसान एडुफेयर जेठ ३२ देखि


ठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा जेठ ३२ गतेदेखि आठौं कान्तिपुर हिसान एडुफेयर २०२३ हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो । मेला जेठ ३२ गतेबाट शुरु भइ असार ३ गतेसम्म ४ दिन काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयर २०२३ का संयोजक टंकराज आचार्यले नेपालमै सञ्चालित शिक्षलयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताए । यस वर्षको मेलालाई प्ल्स टु मेलाको रुपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने शैक्षिक मेलाले शिक्षा क्षेत्रसँग सम्बन्धित विद्यार्थी र अभिभावकलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने आयोजकको लक्ष्य रहेको बताइएको छ । मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने बताइएको छ । मेलालाई २ बढीले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । मेलामा विद्यार्थी, अभिभावक तथा इच्छुकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *