नेपाल मेडिकल कलेजले गर्यो अनिश्चितकालका लागि ओपीडी सेवा बन्द


काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द बन्द गरेको छ । बिरामीका आफन्तले तोडफोड गरेपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको हो । अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ । आइतबार पित्तथैलीको शल्यक्रियाको लागि भर्ना भएको बिरामीको उपचारको क्रममा मृत्यु भएपछि मंगलबार बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *