गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो : कार्की

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबारमा केहि बेरअघि सुरु भएको बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने काम भइरहेको छ ।

कार्कीमाथि २९ जनाले उजुरी दिएका छन् । समितिका सदस्यहरुले उजुरीका विषयलाई लिएर कार्कीलाई प्रश्न सोधिरहेका छन् भने कार्कीले आफ्नो प्रष्टिकरण दिइरहेका छन् ।

सो क्रममा कार्कीले अदालतमा गोला प्रणाली लागु भएपछि जिल्ला अदालतदेखि सबै तहमा ६० प्रतिशत न्यायिक विचलन घटेको दाबी गरे । ‘गोला प्रणालीबाट ६० प्रतिशत न्यायिक विचलन घटेको कुराले मलाई सन्तोष लागेको छ र यसमा गर्व गरेको छु । कम्तीमा ६० प्रतिशत त घटाउन सकेछौँ नि,’ उनले भने ।

त्यस्तै उनले न्यायालय सुधारका लागि अनौपचारिकहरूमा प्रत्येक दिन फुलकोर्ट बस्ने गरेको समेत बताए । न्यायापालिकालाई स्वच्छ पारदर्शिता बनाउन, भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्ने समेत उनकाे भनाइ थियाे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *