नक्कली शरणार्थी प्रकरण : नेता रिजालको तर्फबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरेका हुन् ।

इजलासमा आज रिजालका अतिरिक्त प्रतिवादीहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जनका कानुन व्यवसायीले पनि थुनछेक बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *